Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

सामान्य अंकले बढ्यो सेयर बजार, पौने एक अर्बको कारोबार

२०७४ मंसिर १४ गते

बैंकिङ खबर । साताको अन्तिम दिने नेप्से परिसूचक १.५५ अंकले बढेर १५३७.६७ अंकमा पुगेको छ । होटल, जलविद्युत् र बीमा क्रमशः २५.८, २१.९१ र २०.३७ अंकले बढेका छन् भने बैंकिङ, अन्य र लघुवित्त क्रमशः ०.०९, ०.८७ र ६.०७ अंकले बढेका छन् । त्यस्तै, विकास बैंक, फाइनान्स र उत्पादनमूलक समूह क्रमशः ७.६७, ३.९७ र ७.८६ अंकले घटेका छन् ।

बुधबार एक अर्बको कारोबार भएको बजारमा विहीबार पौने एक अर्बको कारोबार भएको छ । दिनभरिमा १६४ वटा कम्पनीको १३ लाख ५२ हजार छ सय ४८ कित्ता सेयर छ हजार नौ सय ३३ पटक खरिदविक्री हुँदा ७४ करोड ६८ लाख ३९ हजार दुई सय ९२ रुपैयाँको कारोबार भएको छ ।

युनाइटेड इन्स्योरेन्स र बुटवल पावर कम्पनीको साढे चार करोड तथा चिलिमे हाइड्रोको चार करोडमाथिको सेयर कारोबार हुँदा नेपाल बैंकको झन्डै तीन करोडको कारोबार भएको छ । नेपाल टेलिकम, सगरमाथा इन्स्योरेन्स र एनसीसी बैंकको दुईं करोडमाथिको कारोबार भएको छ । स्टान्डर्ड चार्टर्ड बैंक्, नेको इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स लगायतको एक करोडमाथिको कारोबार भएको छ ।

युनाइटेड इन्स्योरेन्सका सेयरधनीले सबैभन्दा धेरै ९.९६ प्रतिशतका दरले कमाएका छन् । रिलायन्स फाइनान्स, एनएमबि माइक्रोफाइनान्स, युनाइटेड मोदी हाइड्रो, नेको इन्स्योरेन्स, हिमालयन पावर पार्टनर, वरियन्टल होटल्स, अरुण काबेली पावर, मञ्जुश्री फाइनान्स, छ्याङ्दी हाइड्रो लगायतका सेयरधनीले पनि कमाएका छन् । 

यता, जानकी फाइनान्सका सेयरधनीले सबैभन्दा धेरै ४.८५ प्रतिशतका दरले गुमाएका छन् । सृजना फाइनान्स, कर्णाली डेभलपमेन्ट बैंक, अपि पावर कम्पनी, तिनाउ विकास बैंक, अरुण फाइनान्स, सेन्ट्रल फाइनान्स, हिमालयन डिस्टीलरी, मिथिला लघुवित्त, स्वरोजगार लघुवित्त लगायतका सेयरधनीले पनि गुमाएका छन् ।