Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

फस्र्ट माइक्रोफाइनान्स र लुम्बिनी विकास बैंकले हकप्रद सेयर जारी गर्ने

२०७४ मंसिर १३ गते

बैंकिङ खबर । फस्र्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक लिमिटेड र लुम्बिनी विकास बैंकले हकप्रद सेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति माग गरेका छन् । फस्र्टले ५० प्रतिशत अर्थात दुई बराबर एकको अनुपातमा र लुम्बिनीले १० प्रतिशत अर्थात १० बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने अनुमति मागेका हुन् । बोर्डबाट अनुमति पाएपछि दुवै कम्पनीले हकप्रद सेयर जारी गर्नेछन् । 

फस्र्ट माइक्रोफाइनान्सले एक सय रुपैयाँ अंकित मूल्यमा २२ करोड ८१ लाख ३१ हजार तीन सय रुपैयाँ बराबरको २२ लाख ८१ हजार तीन सय १३ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । यसका लागि कम्पनीले सेयर निष्काशन तथा विक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । 

त्यस्तै, लुम्बिनी विकास बैंक्ले एक सय रुपैयाँ अंकित मूल्यमा २० करोड आठ लाख ८७ हजार आठ सय ४७ रुपैयाँ बराबरको २० लाख आठ हजार आठ सय ७८ दशमलव ४७ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । यसका लागि बैंकले सेयर निष्काशन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।