Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

कन्काई विकास बैंकले गर्यो बोनस सेयर प्रस्ताव, चुक्तापुँजी ५० करोड पुग्ने

२०७४ मंसिर १३ गते

बैंकिङ खबर । तीन जिल्ला कार्यक्षेत्र भएको कन्काई विकास बैंकले राष्ट्र बैंकले तोकेको चुक्तापुँजी पुर्याउन बोनस सेयर जारी गर्ने निर्णय गरेको छ । बैंकको मंगलबार बसेको २५६औँ संचालक समितिको बैठकले दुई करोड ९० लाख रुपैयाँ बराबरको बोनस सेयर जारी गर्ने प्रस्ताव अघि सारेको हो । 

गत असार मसान्तसम्म १५ करोड रुपैयाँ चुक्तापुँजी भएको कन्काई विकास बैंकले हकप्रद सेयर जारी गरेर ४७ करोड १० लाख रुपैयाँ चुक्तापुँजी पुर्याइसकेको छ । राष्ट्र बैंकको निर्देशनअनुसार, तीन जिल्ले विकास बैंकले ५ू० करोड रुपैयाँ चुक्तापुँजी पुर्याउनुपर्ने हुन्छ । यसका लागि दुई करोड ९० लाख रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनका लागि १५ लाख २६ हजार तीन सय १६ रुपैयाँ नगद लाभांश दिने निर्णय गरेको बैंकले जनाएको छ ।