Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

सेयर बजारमा दोहोरो अंकको वृद्धि, ५७ करोडको कारोबार

२०७४ मंसिर १२ गते

बैंकिङ खबर । मंगलबार सेयर बजार १०.१२ अंकले बढेर १५२३.८६ अंकमा पुगेको छ । अन्य, जलविद्युत्, होटल र माइक्रोफाइनान्स समूह क्रमशः ३४.४१, ३२.५, ३०.२९ र १३.८७ अंकले बढेका छन् । बैंकिङ, विकास बैंक र फाइनान्स समूह क्रमशः ५.३, २.७४ र ०.७३ अंकले बढ्दा व्यापार समूह स्थिर रहेको छ । बीमा र उत्पादनमूलक भने क्रमशः १४.०८ र १५.५७ अंकले घटेका छन् । 

करोबार रकममा सामान्य गिरावट आएको छ । दिनभरिमा १६३ वटा कम्पनीको नौ लाख ९९ हजार ६० कित्ता सेयर चार हजार आठ सय ६२ पटक खरिदविक्री हुँदा ५७ करोड २१ लाख ९९ हजार सात सय ५७ रुपैयाँको कारोबार भएको छ । सोमबार ६५ करोडको सेयर कारोबार भएको थियो । 

चिलिमे हाइड्रोको चार करोड तथा बुटवल पावर कम्पनीको तीन करोड ८६ लाखभन्दा बढीको कारोबार हुँदा नेपाल लाइफ इन्स्योरेन्स, नागवेली लघुवित्त, एनसीसी बैंक, राष्ट्रिय बीमा कम्पनी प्रोमोटर, नेपाल बैंक र स्टान्डर्ड चार्टर्ड बैंकको दुई करोडमाथिको सेयर कारोबार भएको छ । नेपाल टेलिकम, साना किसान विकास बैंक लगायतको एक करोडमाथिको सेयर कारोबार भएको छ । 

मिसन डेभलपमेन्ट बैंकका सेयरधनीले ७.८१ प्रतिशतका दरले कमाएका छन् । स्वदेशी लघुवित्त, कर्णाली डेभलपमेन्ट बैंक, युनाइटेड फाइनान्स, कालिका माइक्रोक्रेडिट, प्रोग्रेसिभ फाइनान्स, नेपाल टेलिकम, नेपाल ग्रामीण विकास बैंक, एभरेष्ट बैंक सीपी, समिट माइक्रोफाइनान्स लगायतका सेयरधनीले पनि कमाएका छन् । 

यता, कुबेर मर्चेन्ट फाइनान्सका सेयरधनीले सबैभन्दा धेरै ३.२२ प्रतिशतका दरले गुमाएका छन् । मञ्जुश्री फाइनान्स, ओम डेभलपमेन्ट बैंक, हाम्रो विकास बैंक, लुम्बिनी विकास बैंक, युनाइटेड मोदी हाइड्रो, छिमेक लघुवित्त, ङादी ग्रुप पावर, तारागाउँ रिजेन्सी, नेपाल इन्स्योरेन्स लगायतका सेयरधनीले पनि गुमाएका छन् ।