बैंकिङ खबर । सानिमा माई हाइड्रोपावर कम्पनीले एक लाख ४६ हजार ५९२ कित्ता सेयर लिलामीमा निकालेको छ । उक्त सेयरमा मंसिर ११ गतेदेखि मंसिर १९ गतेसम्म आवेदन गर्न पाइनेछ । हाईड्रोपावरले साउन २७ देखि भदौ २९ गतेसम्म चुक्ता पूँजीको शतप्रतिशत अर्थात एक करोड पाँच लाख ५० हजार कित्ता हकप्रद सेयर जारी गर्दा अवितरित सेयर अहिले लिलामी मार्फत विक्री गर्न लागेको हो । यस लिलामीमा विक्री प्रबन्धकको काम सनराइज क्यापिटलले गरेको छ । इच्छुक लगानीकर्ताले न्यूनतम एक सय रुपैयाँ वा सोभन्दा बढी मूल्य अंकित गरि मंसिर १९ गतेसम्म लिलामीमा आवेदन भर्न सक्नेछन् । शिलबन्दी बोलपत्र पेश गर्दा न्यूनतम एक सय कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन गर्न सकिनेछ । ५० हजार रुपैयाँ भन्दा बढीको आवेदन गर्ने आवेदकले गुड फर पेमेन्ट चेक मार्फत आवेदन गर्नुपर्नेछ । लिलामी आवेदन काठमाडौं उपत्यकाभित्र सनराइज क्यापिटल कमलपोखरीमा तथा उपत्यका बाहिर सनराइज बैंकको शाखा कार्यालयहरु विराटनगर, वीरगञ्ज, पोखरा, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढीमा बुझाउन सक्नेछन् ।
काबेलीको सेयर लिलामीको १९ गतेदेखि
काबेली विकास बैंक लिमिटेडले मंसिर १९ गतेदेखि साधारण समूहतर्फको १२ हजार ५८७ कित्ता सेयर लिलाम बढाबढमा विक्री गर्ने भएको छ । काबेली विकास बैंकको सेयर विक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल रहेको छ । लिलामी सेयरमा विक्री प्रबन्धक र ग्लोबल आईएमई बैंकको शाखा कार्यालयहरु विरागनगर, वीरगञ्ज, पोखरा, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढीबाट बोलपत्र आवेदन प्राप्त गर्न र बुझाउन सक्नेछन् । बोलपत्र आवेदन दिने अन्तिम म्याद मंसिर २९ गते शुक्रबारसम्म तोकिएको छ । तोकिएका संकलन केन्द्रहरुबाट सबै बोलपत्र निष्काशन तथा विक्री प्रबन्धककहाँ प्राप्त भैसकेपछि बोलपत्र खुला गरिने मिति, समय, र स्थानको बारे जानकारी गराईने उल्लेख छ ।
बैंक अफ काठमाण्डूको सेयर लिलामी २२ गतेदेखि
बैंक अफ काठमाण्डू लिमिटेडले मंसिर २२ गतेदेखि ६१ लाख ५८ हजार ६७ कित्ता नयाँ सस्थांपक सेयर लिलामीमा निकाल्ने भएको छ । २९ गतेसम्म लिलामी हुने सेयरमा न्यूनतम एक सय कित्ता देखि अधिकतम ६१,५८,०६७ कित्तासम्म शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ । बैंकको सेयर निष्कासन तथा विक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । बैंक अफ काठमाण्डूका सम्पूर्ण शाखा कार्यालय र नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडमा उक्त सेयरका लागि दरखास्त दिन सकिनेछ । बैंकले संस्थापक तथा सर्वसाधारण सेयरधनीको पूँजी संरचना ५१ः४९ प्रतिशत कायम गर्नको लागि संस्थापक एफपिओ बिक्रीको योजना अघि सारेको हो । बीओकेमा अहिले सर्बसाधारणको हिस्सेदारी ५५ प्रतिशत र संसथापकको ४५ प्रतिशत हाराहारीमा छ । हाल बैंक अफ काठमाण्डूको चुक्ता पूँजी पाँच अर्ब ६२ करोड ९५ लाख ७६ हजार रुपैयाँ छ । उक्त सेयर लिलामी पश्चात बैंकको चुक्ता पूँजी छ अर्ब २४ करोड ५३ लाख ८२ हजार रुपैयाँ पुग्नेछ ।