बैंकिङ खबर । आइतबार दोहोरो अंकले बढेको सेयर बजार सोमबार ०.६० अंकको गिरावटसँगै १५१३.४७ अंकमा कायम भएको छ । होटल र बीमा क्रमशः ३५.३२ र ३५.५३ अंकले घटेका छन् । बैंकिङ, व्यापार, विकास बैंक र लघुवित्त पनि क्रमशः १.०३, ३.१३, ४.९७ र २.७९ अंकले घटेका छन् । जलविद्युत्, फाइनान्स र अन्य भने क्रमशः २४.१, ३.६६ र ४.६३ अंकले बढेका छन् ।
कारोबार रक मभने आइतबारको तुलनामा बढेको छ । दिनभरिमा १५९ वटा कम्पनीले १२ लाख ६७ हजार एक सय ९७ कित्ता सेयर छ हजार एक सय २३ पटक खरिदविक्री हुँदा ६५ करोड ७१ लाख १७ हजार आठ सय ४१ रुपैयाँको कारोबार भएको छ । आइतबार ५९ करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।
कुल कारोबारमध्ये, चिलिमे हाइड्रोको झन्डै साढे छ करोडको कारोबार भएको छ भने स्टान्डर्ड चार्टर्ड बैंकको साढे चार करोडमाथिको कारोबार भएको छ । बुटवल पावर कम्पनी र नेपाल लाइफ इन्स्योरेन्सको तीन करोड तथा नेपाल बैंक, एनसीसी बैंक र एभरेष्ट बैंकको दुई करोडमाथिको कारोबार भएको छ । त्यस्तै, नयाँ नेपाल लघुवित्तको झन्डै दुई करोडको कारोबार हुँदा सिटिजन्स बैंक, गुराँस लाइफ इन्स्योरेन्स लगायतको एक करोडमाथिको कारोबार भएको छ ।
कालिका माइक्रोक्रेडिट, सप्तकोसी डेभलपमेन्ट बैंक र पूर्णिमा विकास बैंकका सेयरधनीले क्रमशः ८.९५, ६.५५ र ५.१७ प्रतिशतका दरले कमाएका छन् । सानिमा माइ हाइड्रो, एनएमबि माइक्रोफाइनान्स, नेपाल इन्स्योरेन्स, गुहेश्वरी फाइनान्स, हिमालयन जनरल इन्स्योरेन्स, तारागाउँ रिजेन्सी, ङादी ग्रुप पावर लगायतका सेयरधनीले पनि कमाएका छन् ।
यता,राष्ट्रिय बीमा कम्पनी प्रोमोटर र एभरेष्ट बैंक (सीपी)का सेयरधनीले क्रमशः ६.३ र ५.१०२ प्रतिशतका दरले गुमाएका छन् । शाइन रेसुंगा डेभलपमेन्ट बैंक, प्रोग्रेसिभ फाइनान्स, सिनर्जी पावर, राष्ट्रिय बीमा कम्पनी, कामना सेवा विकास बैंक, सोल्टी होटल, भार्गव विकास बैंक, गरिमा विकास बैंक लगायतका सेयरधनीले पनि गुमाएका छन् ।
