Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

नागरिक लगानी कोषलाई सेयरधनीले पाउने भए आकर्षक लाभांश

२०७४ मंसिर १० गते

बैंकिङ खबर । नागरिक लगानी कोष आफ्ना सेयरधनीलाई २२ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । कोषको शुक्रबार (मंसिर ८ गते)बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको कमाईबाट २२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.१५७ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । 

कोषले १६ करोड २८ लाख ५८ हजार दुई सय ७२ रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनका लागि ८५ लाख ७१ हजार चार सय ८८ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ । प्रस्तावित लाभांश महालेखा परीक्षकको कार्यालयबाट स्वीकृति प्राप्त गरी र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्ताले पाउनेछन् । 

हाल नागरिक लगानी कोषको चुक्तापुँजी ७४ करोड तीन लाख रुपैंया रहेको छ । बोनस सेयर बितरण पश्चात कोषके चुक्ता पूँजी ९० करोड ३१ लख रुपैयाँ पुग्नेछ ।