Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

साताको सेयर बजार : सामान्य बढ्यो परिसूचक, कारोबारमा गिरावट

२०७४ मंसिर ८ गते

बैंकिङ खबर । साताको अन्तिम दिन सेयर बजार दोहोरो अंकले बढ्यो । व्यापार बाहेक सबै उपसूचक उकालो लागेपछि नेप्से परिसूचक १३.०३ अंकले बढेर १४९३.२९ अंकमा पुगेको छ । मंगलबार सामान्य अंकले बढेको सेयर बजार बुधबार पनि बढेको थियो । आइतबार र सोमबार भने घटेको थियो । गत साता १४८९.०६ अंकमा बन्द भएको बजारले यो साताको सुरुवात दोहोरो अंकको गिरावटबाट गरेको थियो । यस हिसाबले हेर्दा, साताभरमा नेप्से परिसूचक ४.२३ अंकले बढेको छ । गत साता नेप्से परिसूचक २८.३३ अंकले बढेको थियो । 

सुरुमा परिसूचक घट्दा कारोबारमा गिरावट आएपनि परिसूचक बढेसँगै कारोबार रकममा पनि वृद्धि देखिएको छ । साताको अन्तिम दिन सबैभन्दा धेरै साढे ६८ करोडमाथिको सेयर कारोबार भएको छ । यसबाहेक, बुधबार ३४ करोड ८२ लाख, मंगलबार ३५ करोड, सोमबार ३९ करोड र आइतबार साढे ४५ करोडको सेयर कारोबार भएको थियो । समग्रमा, साताभरमा दुई अर्ब २३ करोड ३८ लाख ७२ हजार तीन सय ७९ रुपैयाँको सेयर कारोबार भएको छ । कारोबार रकममा गत साताको तुलनामा गिरावट आएको हो । गत साता दुई अर्ब ९० करोड माथिको सेयर कारोबार भएको थियो । 

साना किसान विकास बैंक, एभरेष्ट इन्स्योरेन्स, बुटवल पावर कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स, सिभिल बैंक लगायतको राम्रो कारोबार भएको छ । ग्रीन डेभलपमेन्ट बैंकका सेयरधनीले सबैभन्दा धेरै कमाएका छन् । नेपाल हाइड्रो, सृजना फाइनान्स, हिमालयन जनरल इन्स्योरेन्स लगायतका सेयरधनीले गुमाएका छन् ।