Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

२१ प्रतिशत लाभांशपछि हकप्रद सेयर जारी गर्दै ‘नयाँ नेपाल लघुवित्त’

२०७४ मंसिर ८ गते

बैंकिङ खबर । नयाँ नेपाल लघुवित्त विकास बैंक लिमिटेडले २१ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकको संचालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि एक प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अघि सारेको छ । साथमा बोनस सेयर वितरण गरेपछि एक बराबर २.५ को अनुपातमा हकप्रद सेयर समेत निष्काशन गर्ने निर्णय संचालक समितिले गरेको छ । 

हाल नयाँ नेपाल लघुवित्तको दुई चुक्तापुँजी दुई करोड रुपैयाँ रहेको छ । उक्त पुँजीको २० प्रतिशतले हुन आउने ४० लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गरेपछि लघुवित्तको चुक्तापुँजी दुई करोड ४० लाख रुपैयाँ पुग्नेछ । एक बराबर २.५ को अनुपातमा हकप्रद सेयर निष्काशन गरेपछि लघुवित्तको चुक्तापुँजी आठ करोड ४० लाख रुपैयाँ पुग्नेछ ।