बैंकिङ खबर । सिभिल बैंक लिमिटेडले मंसिर २२ गतेदेखि ४० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । पुस २७ गतेसम्म निष्काशन गरिने गरिने सेयरमा मंसिर ४ गतेसम्म कायम सेयरधनीले आवेदन दिन पाउनेछन् ।
बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा दुई अर्ब सात करोड ४० लाख ८८ हजार छ सय ७५ रुपैयाँ बराबरको दुई करोड सात लाख ४० हजार आठ सय ८६ दशमलव ७५ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । हकप्रद सेयर निष्काशनका लागि बैंकले लक्ष्मी क्यापिटल मार्केट लिमिटेड लाई सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
हकप्रदमा लगानीकर्ताले सिभिल बैंकको केन्द्रिय कार्यालय र सम्पूर्ण शाखा कार्यालय, लक्ष्मी क्यापिटल लिमिटेड, बानेश्वरबाट, सिभिल क्यापिटल लिमिटेड सुन्धरा र आस्पा सदस्य सबै बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
हाल सिभिल बैंकको चुक्तापुँजी पाँच अर्ब १८ करोड ५२ लाख १० हजार तीन सय ६२ रुपैयाँ रहेको छ । ४० प्रतिशत हकप्रद निष्काशनपश्चात बैंकको चुक्तापुँजी सवा सात अर्ब रुपैयाँ नाघ्नेछ ।


