Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

मंसिर २२ गतेदेखि रिलायन्स फाइनान्सको हकप्रद सेयर निष्काशन

२०७४ मंसिर ४ गते

बैंकिङ खबर । रिलायन्स फाइनान्स लिमिटेडले मंसिर २२ गतेदेखि चुक्ता पूँजीको ४५ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । पुष २७ गतेसम्म खुला रहने हकप्रदमा मंसीर ७ गतेसम्म कायम सेयरधनीले आवेदन दिन पाउनेछन् । 

कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ । हकप्रदका लागि सनराइज क्यपिटल कमलपोखरी, रिलायन्स फाइनान्सका सम्पुर्ण शाखा, सनराइज बैंकका शाखा कार्यालयहरु विराटनगर, वीरगंज, वुटवल, धरान, नेपालगञ्ज, लहान, दमक राजविराजबाट आवेदन दिन पाइनेछ ।

२३ लाख छ हजार कित्ता हकप्रद शेयर बिक्री पश्चात कम्पनीको चुक्ता पूँजी ७४ करोड ३२ लाख रुपैयाँ पुग्ने छ ।