Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
क्यापिटल मार्केट

सानिमा इक्वीटी फण्डको निष्काशन मंसिर १२ गतेदेखि

२०७४ मंसिर ४ गते

बैंकिङ खबर । सानिमा इक्वीटी फण्डको १० करोड २० लाख इकाई मंसिर १२ गते देखि बिक्री गरिने भएको छ । प्रति इकाइ १० रुपैयाँ दरको निष्काशनमा न्यूनतम १०० देखि अधिकतम २४ हजार इकाइसम्म आवेदन दिन सकिने जनाइएको छ ।
 
कुल एक अर्ब २० करोड रुपैयाँको म्युचुअल फण्डमध्ये १५ प्रतिशत कोष प्रबर्द्धक सानिमा बैंकले सुरक्षित गरेको छ ।

कोष निष्काशन तथा बिक्रि प्रवन्धक एवं व्यवस्थापक सानिमा क्यापिटलका अनुसार फण्डमा मंसिर १२ देखि छिटोमा १५ गते र ढिलोमा २६ गतेसम्म आवेदन दिन पाइनेछ । 

बन्दमुखी यो योजनाको अवधि ७ वर्षको रहनेछ । आम नेपाली नागरिक, गैर आवासीय नेपाली, नेपाली फर्म, संघ संस्था, बीमा कम्पनीले इकाइमा आवेदन दिन पाउने जनाइएको छ ।