Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको डेढ करोड कित्ता आईपिओ आउँदै

२०७४ मंसिर १ गते

बैंकिङ खबर । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले डेढ अर्ब रुपैयाँ बराबरको साधारण सेयर (आईपिओ) निष्काशन गर्ने भएको छ । कम्पनीले माघको पहिलो साता सर्वसाधारणका लागि एक अर्ब ५८ करोड ८५ लाख रुपैयाँ बराबरको एक सय रुपैयाँ अंकित दरमा एक करोड ५८ लाख ८५ हजार कित्ता आईपिओ जारी गर्ने तयारी गरिरहेको छ । 

आयोजनाले सर्वसाधारणका लागि १५ प्रतिशत र स्थानीयका लागि १० प्रतिशत सेयर छुट्याएको छ । आयोजनाले स्थानीयका लागि पनि माघमा नै जारी पूँजीको १० प्रतिशत अर्थात एक अर्ब पाँच करोड ९० लाख बराबरको एक करोड पाँच लाख ९० हजार कित्ता सेयर बिक्री गर्ने छ । 

सरकारले राष्ट्रिय गौरवको आयोजनामा राखेको यस आयोजना निर्माणको काम ९२ प्रतिशत सकिएको छ । माथिल्लो तामाकोशी नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी हो ।