Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

नेप्सेमा थपियो पाँच कम्पनीको सेयर 

२०७४ कार्तिक ३० गते

बैंकिङ खबर । नेपाल स्टक एक्सचेन्जमा पाँच वटा कम्पनीको एक अर्ब ६० करोड १४ लाख ८२ हजार छ सय रुपैयाँ बराबरको एक करोड ६० लाख १४ हाजर आठ सय २६ सय कित्ता सेयर सूचिकृत भएको छ ।

गुडविल फाइनान्सको २७ लाख २२ हजार पाँच सय कित्ता, कन्काई विकास बैंकको ३२ लाख १० हजार कित्ता हकप्रद सेयर सूचिकृत भएको छ । 

नेपाल इन्स्योरेन्स कम्पनीको एक लाख ४३ आठ सय चार र प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको १२ लाख २० हजार चार सय कित्ता बोनस सेयर सूचिकृत भएको छ । 

सनराइज बैंकले लिलामीमा बिक्री गरेको सात लाख १० हजार ७०९ कित्ता सेयर नेप्सेमा सूचिकृत गरेको छ । 

कन्काई विकास बैंकको तीन करोड २१ लाख कित्ता हकप्रद सेयर पनि नेप्सेमा सूचिकृत गरिएको छ ।

त्यस्तै, कामना सेवा विकास बैंकको २४ लाख १३ हजार एक सय ३७ दशमलव ६० कित्ता हकप्रद सेयर पनि नेप्सेमा सूचिकृत भएको छ ।