Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

नेप्सेमा दोहोरो अंकको गिरावट, झन्डै ६० करोडको कारोबार हुँदा ३४ कम्पनीका सेयरधनीले कमाए

२०७४ कार्तिक २९ गते

बैंकिङ खबर । साताको सुरुवातदेखि नै बढिरहेको सेयर बजार बुधबार दोहोरो अंकले घटेको छ । परिसूचक ११.२३ अंकले घटेर १५०४.७९ अंकमा कायम भएको छ । होटल, उत्पादनमूलक र अन्य समूह क्रमशः १५.१३, २६.०७ र ४.९१ अंकले बढेका छन् । बैंकिङ, व्यापार, विकास बैंक, जलविद्युत्, फाइनान्स, बीमा र लघुवित्त समूह क्रमशः ८.९३, ३.३, १५.३४, ४६.०८, १०.३८, १०३.८३ र १८.१४ अंकले घटेका छन् । 

कारोबार रकममा पनि उच्च गिरावट आएको छ । दिनभरिमा १६० वटा कम्पनीको ११ लाख ७७ हजार पाँच सय ७५ कित्ता सेयर छ हजार चार सय १२ पटक खरिदविक्री हुँदा जम्मा ५९ करोड ७८ लाख ७४ हजार दुई सय ८७ रुपैयाँको कारोबार भएको छ । मंगलबार पौने एक अर्बको सेयर कारोबार भएको थियो । 

चिलिमे हाइड्रो, नेपाल बैंक र नेपाल टेलिकमको तीन करोडमाथिको कारोबार भएको छ भने स्टान्डर्ड चार्टर्ड बैंकको दुई करोडमाथिको कारोबार भएको छ । प्राइम लाइफ इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स, नेशनल लाइफ इन्स्योरेन्स, प्राइम बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, एभरेष्ट बैंक लगायतको एक करोडमाथिको कारोबार भएको छ । 

हिमालयन डिस्टीलरीका सेयरधनीले १० प्रतिशतका दरले सम्पत्ति बढाउँदा नेपाल हाइड्रो, मिथिला लघुवित्त र वरियन्टल होटल्सका सेयरधनीले क्रमशः ९.९०, ६.५३ र ६.२० प्रतिशतका दरले कमाएका छन् । समता माइक्रोफाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स, स्वाबलम्बन विकास बैंक, कैलाश विकास बैंक, लक्ष्मी भ्यालु फण्ड, नविल व्यालेन्स फण्ड लगायत ३० कम्पनीका सेयरधनीले पनि कमाएका छन् ।

यता, किसान माइक्रोफाइनान्सका सेयरधनीले ५.४२ प्रतिशतका दरले गुमाएका छन् । सप्तकोसी डेभलपमेन्ट बैंक, सिभिल लघुवित्त, ओम डेभलपमेन्ट बैंक, कर्णाली डेभलपमेन्ट बैंक, रिलायबल माइक्रोफाइनान्स, खानीखोला हाइड्रो, लक्ष्मी लघुवित्त, विजय लघुवित्त, अपि पावर कम्पनी लगायतका सेयरधनीले पनि गुमाएका छन् ।