Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

एक अर्ब बढीको सानिमा इक्विटी फण्ड आउँदै

२०७४ कार्तिक २९ गते

बैंकिङ खबर । सानिमा क्यापिटलले एक अर्ब २० करोड रुपैयाँको सानिमा इक्विटी फण्ड निष्कासनका लागि नेपाल धितोपत्र बोर्डको अनुमति पाएको छ । धितोपत्र बोर्डले प्रतिकित्ता १० रुपैयाँका दरले १२ करोड इकाईको फण्ड निष्कासनका लागि अनुमति दिएको हो । 

यो बन्दमुखी योजनाको अवधि सात वर्षको हुन्छ । यो निष्काशनपछि नेपाल स्टक एक्सचेन्जमा १३औं सामूहिक योजना सूचीकृत हुनेछ । अहिले ११ वटा सामूहिक योजना सूचीकृत भइसकेका छन् भने सिद्धार्थ क्यापिटलको सूचीकृत हुन बाँकी छ ।