Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

प्रुडेन्सियल इन्स्योरेन्स र सांग्रिला डेभलपमेन्ट बैंकलाई हकप्रद जारी गर्ने अनुमति

२०७४ कार्तिक २६ गते

बैंकिङ खबर । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेड र सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले हकप्रद निष्काशनका लागि नेपाल धितोपत्र बोर्डको अनुमति पाएका छन् । प्रुडेन्सियलले एक बराबर शून्य दशमलव ३० र सांग्रिलाले १० बराबर आठको अनुपातमा हकप्रद सेयर निष्काशनका लागि बोर्डको अनुमति पाएका हुन् ।

४२ करोड ७६ लाख ८० हजार एक सय रुपैयाँ चुक्तापुँजी भएको प्रुडेन्सियल इन्स्योरेन्सले एक सय रुपैयाँ अंकित मूल्यमा १२ करोड ८३ लाख चार हजार रुपैयाँ बराबरको १२ लाख ८३ हजार ४० कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । जसपश्चात्, कम्पनीको चुक्तापुँजी ५५ करोड ५९ लाख ८४ हजार रुपैयाँ पुग्नेछ । कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । 

एक अर्ब ३५ करोड ८४ लाख ७४ हजार नौ सय रुपैयाँ चुक्तापुँजी भएको सांग्रिला डेभलपमेन्ट बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा एक अर्ब आठ करोड ६७ लाख ७९ हजार आठ सय ५० रुपैयाँ बराबरको एक करोड आठ लाख ६७ हजार सात सय ९८ दशमलव ५० कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ ।  हकप्रद जारी गरेपछि बैंकको चुक्तापुँजी दुई अर्ब ४४ करोड ५२ लाख ५४ हजार सात सय रुपैयाँ पुग्नेछ । बैंकको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।