Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

आरम्भ माइक्रोफाइनान्सको आईपिओ आउँदै

२०७४ कार्तिक २६ गते

बैंकिङ खबर । आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले दुई करोड ९४ लाख रुपैयाँ बराबरका साधारण सेयर निष्काशन गर्ने भएको छ । सेयर निष्काशनको अनुमति माग गर्दै कम्पनीले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । माइक्रोफाइनान्सले एक सय रुपैयाँ अंकित मूल्यमा दुई लाख ९४ हजार कित्ता आईपिओ निष्काशन गर्ने अनुमति मागेको हो । 

उक्त सेयर निष्काशनका लागि आरम्भले एनआईसी एशिया क्यापिटल लिमिटेडलाई सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरेको छ । कम्पनीको तेस्रो वार्षिक साधारणसभाले सर्वसाधारण समुहका लागि छुट्याएको ४९ प्रतिशत सेयर निष्काशन गर्ने निर्णय गरेसँगै कम्पनीले सेयर निष्कासनको प्रक्रिया अगाडि बढाएको हो ।

बनेपा काभ्रेपलाञ्चोकमा केन्द्रीय कार्यालय रहेको यो कम्पनीले १६ वटा शाखा कार्यालयहरु संचालनमा ल्याई २०७४ असोज मसान्तसम्ममा ९८ सय घर परिवारलाई लघु वित्तीय सेवाहरु प्रदान गर्दै आएको छ । संस्थाले हालसम्म ५ करोड ६० लाख रुपैयाँ रकम बचत संकलन गरेको छ । संस्थाको लगानीमा बाँकी रहेको कर्जा रकम ३३ करोड ५२ लाख रुपैयाँ रहेको छ ।