Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

साताभर घटिरह्यो सेयर बजार, पाँच दिनमा झन्डै ८० अंकको गिरावट

२०७४ कार्तिक २४ गते

बैंकिङ खबर । यो साताभर पनि सेयर बजारमा गिरावटको क्रम रोकिएन । साताको पहिलो दिन नै दोहोरो अंकले घटेको सेयर बजार निरन्तर गिरावटसँगै साताको अन्तिम दिन १४६०.७३ अंकमा झरेर बन्द भएको छ । गत साताको अंन्तिम दिन सेयर बजार १५४०.२३ अंकमा थियो । यस आधारमा हेर्दा, यो साता सेयर बजारमा ७९.५ अंकको गिरावट आएको देखिन्छ । 

परिसूचक मात्रै नभएर यो साता करोबार रकम पनि उकालो लाग्न नसकेको देखिन्छ । साताको पहिलो दिन अघिल्लो कारोबारको तुलनामा ६३ करोडमाथिको कारोबार भएको बजारमा त्यसपछिका दिनहरुमा कारोबार बढ्न सकेन । समग्रमा यो साताभर दुई अर्ब ४९ करोड २७ लाख ५१ हजार तीन सय चार रुपैयाँको कारोबार भएको छ । गत साता दुई अर्ब २४ करोड १४ लाख ९२ हजार सात सय ८७ रुपैयाँको कारोबार भएको थियो ।

यो साता  स्टान्डर्ड चार्टर्ड बैंक, नेपाल लाइफ इन्स्योरेन्स, प्रभु बैंक, नविल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, एभरेष्ट बैंक लगायत ठूला कम्पनीहरुको धेरै कारोबार भएको छ । कमाउनेमा भने साना कम्पनीका लगानीकर्ता नै अगाडी देखिएका छन् । समता माइक्रोफाइनान्स, सूर्योदय लघुवित्त महुली सामुदायिक लघुवित्त लगायतका सेयरधनीले कमाएका छन् । गुमाउनेमा भने बोटलर्स नेपाल, काबेली विकास बैंक, स्वाबलम्बन विकास बैंक लगायका सेयरधनी रहेका छन् ।