Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

ग्लोबल आईएमई बैंकका सेयरधनीलाई २० प्रतिशत लाभांश

२०७४ कार्तिक २४ गते

ग्लोबल आइएमई बैंकको एघारौँ बार्षिक साधारण सभा कार्की व्याङ्केट, बबरमहल काठमाडौँमा सम्पन्न भएको छ । उक्त सभाले आ.व. २०७३/०७४ को वितरण योग्य मुनाफा तथा संचित मुनाफा समेतबाट आफ्ना सेयरधनीलाई २० प्रतिशत लाभांश (१० प्रतिशत बोनस र १० प्रतिशत नगद) वितरण गर्ने विशेष प्रस्ताव पारित गरेको छ । बोनस सेयर वितरण गर्ने विशेष प्रस्ताब पारित गरे पश्चात् बैंकको चुक्ता पूँजी रु.८ अर्ब ८८ करोड पुगेको छ । 

बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बिभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा माफर्त आफ्ना ग्राहकहरुमाझ सेवा प्रदान गर्दै आइरहेको छ । २०७४ असोज मसान्तसम्म १ खर्ब ४ अर्व ९४ करोड  निक्षेप, ८८ अर्ब ७७ करोड कर्जा लगानी रहेको बैंकको हाल १०८ वटा शाखाहरु, १४ वटा राजश्व संकलन काउण्टर, १ वटा सिडिएससि काउण्टर, १२५ एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर तथा ४६ शाखा रहित बैंकिङ्ग सेवा रहेका छन् ।

त्यस्तै बैंकले अत्याधुनीक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्ट्रेलिया र भारतमा प्रतिनिधि/सम्र्पक कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरु माझ सेवा प्रदान गर्दै आईरहेको छ भने संयुक्त अधिराज्य लण्डनमा समेत प्रतिनिधि/सम्र्पक कार्यालय स्थापना गरिसकेकोले छिट्टै कारोबार शुभारम्भ गर्न लागेको छ । त्यसैगरि बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दे आइरहेको छ ।