बैंकिङ खबर । साताको अन्तिम दिन पनि सेयर बजार घटेको छ । जलविद्युत् र माइक्रोफाइनान्सबाहेक सबै उपसूचक ओरालो लाग्दा नेप्से परिसूचक ५.८९ अंकको गिरावटसँगै १४६०.७३ अंकमा कायम भएको छ । बीमा समूह सबैभन्दा धेरै २४.४५ अंकले घटेको छ । बैंकिङ, व्यापार, होटल, विकास बैंक, फाइनान्स, उत्पादनमूलक र अन्य समूह क्रमशः ६.७५, १.८६, ९.३४, ११.९६, ७.६४, ३ र १.४५ अंकले घटेका छन् । जलविद्युत् र माइक्रोफाइनान्स समूह क्रमशः ६.५३ र १.३ अंकले बढेका छन् ।
दिनभरिमा १५४ वटा कम्पनीको १० लाख ४६ हजार सात सय २३ कित्ता सेयर पाँच हजार पाँच सय ३३ पटक खरिदविक्री हुँदा ४६ करोड ८२ लाख चार हजार एक सय २१ रुपैयाँको कारोबार भएको छ । एभरेष्ट बैंकको तीन करोड तथा स्टान्डर्ड चार्टर्ड बैंक, एनबि बैंक र नविल बैंकको दुई करोडमाथिको सेयर कारोबार भएको छ । नेपाल लाइफ इन्स्योरेन्स, बैंक अफ काठमाण्डू, नेपाल इन्भेष्टमेन्ट बैंक र प्राइम बैंकको एक करोडमाथिको कारोबार भएको छ । एकआईसी एशिया बैंकको ९५ लाख र राष्ट्रिय बीमा कम्पनी प्रोमोटरको ९२ लाखमाथिको सेयर कारोबार भएको छ ।
समता माइक्रोफाइनान्सका सेयरधनीले सबैभन्दा धेरै ९.९८ प्रतिशतका दरले कमाएका छन् । छिमेक लघुवित्त, वल्र्ड मर्चेन्ट बैंकिङ, नयाँ नेपाल लघुवित्त, सप्तकोशी डेभलपमेन्ट बैंक, फस्र्ट माइक्रोफाइनान्स, तारागाउँ रिजेन्सी, नेरुडे लघुवित्त, नविल बैंक प्रोमोटर, रिडी हाइड्रो लगायतका सेयरधनीले पनि कमाएका छन् ।
यता, रिलायबल माइक्रोफाइनान्स र कन्काई विकास बैंकका सेयरधनीले क्रमशः ७.६ र ६.४६ प्रतिशतका दरले गुमाउँदा हाम्रो विकास बैंक, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक, रिलायबल फाइनान्स, मल्टिपर्पोज फाइनान्स र भार्गव विकास बैंकका सेयरधनीले पाँच प्रतिशतभन्दा बढीका दरले गुमाएका छन् । नागबेली लघुवित्त, महालक्ष्मी विकास बैंक, सिनर्जी पावर लगायतका सेयरधनीले पनि गुमाएका छन् ।


