Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
क्यापिटल मार्केट

४५.४७ प्रतिशत बोनसपछि हकप्रद सेयर जारी गर्दै नागबेली लघुवित्त

२०७४ कार्तिक २३ गते

बैंकिङ खबर । नागबेली लघुवित्त विकास बैंक लिमिटेडले ४५.४७ प्रतिशत बोनस सेयर वितरण गरेपछि शतप्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । गतबर्षको मुनाफाबाट ४५.४७ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव गरेको लघुवित्तले बोसपछि कायम हुने चुक्तापुँजीको शतप्रतिशत हकप्रद सेयर विक्री गर्ने निर्णय गरेको हो । कम्पनी संचालक समितिको कात्तिक २२ गते बसेको बोर्ड बैठकले सो प्रस्ताव अघि सारेको छ ।

४५.४७ प्रतिशत बोनस वितरण गर्न लघुवित्तले राष्ट्र बैंकको अनुमति पाइसकेको छ । कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि बोनस सेयर लगानीकर्ताले पाउनेछन् । त्यसपछि कम्पनीले हकप्रद सेयर निष्काशन गर्नेछ । 

हाल नागबेली लघुवित्तको चुक्ता पुँजी पाँच करोड २५ लाख रुपैयाँ रहेको छ । बोनसपछि कम्पनीको चुक्ता पुँजी सात करोड ६३ लाख रुपैयाँ पुग्ने छ । त्यस्तै, हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापुँजी १५ करोड रुपैयाँ नाघ्नेछ ।