Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

बैंक अफ काठमाण्डूको संस्थापक सेयर बिना प्रिमियम लिलामीमा आउँदै 

२०७४ कार्तिक २३ गते

बैंकिङ खबर । बैंक अफ काठमाण्डू लिमिटेडको थप संस्थापक सेयर बोलकबोलमा विक्री गरिने भएको छ । नेपाल धितोपत्र बोर्डले बैंकलाई नयाँ संस्थापक सेयर प्रिमियम मूल्य नराखी बोलकबोलमा बिक्री गर्न निर्देशन दिएको छ । 

बैंकले बोर्डसँग एक सय रुपैयाँ अंकित मूल्यमा १६६ रुपैयाँ प्रिमियम थपेर न्यूनतम २६६ रुपैयाँमा लिलामी गर्ने अनुमति मागेको थियो । तर बोर्डले बैंकलाई प्रिमियम मूल्य नराखि एक सय रुपैयाँमा नै संस्थापक सेयर बोलकबोलबाट बिक्री गर्न निर्देशन दिएको छ । जस अनुसार अब बैंकले ६१ लाख ५८ हजार ६७ कित्ता थप संस्थापक सेयर प्रतिकित्ता एक सय रुपैयाँका दरले लिलामीमा विक्री गर्नेछ ।

बैंकको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । हाल बैंकको चुक्ता पुँजी पाँच अर्ब ६२ करोड ९५ लाख ७६ हजार रुपैयाँ रहेको छ ।