Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

मुक्तिनाथ विकास बैंकको सेयर लिलामीमा आउँदै, उपत्यकाबाहिरबाट पनि भर्न मिल्ने

२०७४ कार्तिक २३ गते

मुक्तिनाथ विकास बैंक लिमिटेडले एक लाख ६२ हजार आठ सय तीन कित्ता सेयर लिलामीमा निकाल्ने भएको छ । बोलकबोल प्रकृयामा लगानीकर्ताले कार्तिक २३ गतेदेखि ३० गतेसम्म आवेदन दिन सक्ने छन् ।

मुक्तिनाथ विकास बैकले गत भदौ चार गतेदेखि असोज ८ गतेसम्म निष्कासन गरेको हकप्रदमा बिक्री नभएको २७ हजार सात सय ६५ कित्ता संस्थापक र एक लाख ३५ हजार ३७ कित्ता साधारण हकप्रद सेयर बोलकबोलका आधारमा विक्री गर्न लागेको हो । 

मुक्तिनाथको लिलामीको सेयरमा एनआईबिएल क्यापिटलको केन्द्रीय कार्यालय र मुक्तिनाथ बिकास बैंकको शाखा कार्यालय पोखरा, बिरगंज, बुटवलका तथा नेपाल इनभेष्टमेन्ट बैंकको शाखा कार्यालय बिराटनगर, नेपालगञ्ज र धनगढीमा शिलबन्दी बोलपत्र आवेदन दिन सकिने एनआईबिएल क्यापिटलले जनाएको छ ।

धितोपत्र बोर्डको निर्देशन कार्यान्वयनमा आएसँगै मुक्तिनाथले पहिलो पटक उपत्यका बाहिरबाट सेयर लिलामी  लिन लागेको हो ।