२०७४ कार्तिक २१ गते

झन्डै नौ अंकले घट्यो सेयर बजार, ४२ करोडको कारोबार

बैंकिङ खबर । मंगलबार सेयर बजार ८.९७ अंकले घटेर १४८४.४५ अंकमा कायम भएको छ । व्यापार समूह ०.५९ अंकले बढेको छ । बैंकिङ, होटल, विकास बैंक, जलविद्युत्, फाइनान्स, बीमा, अन्य र माइक्रोफाइनान्स समूह क्रमशः ७.४९, ४६.९४, ६.३६, २.८५, ७.३६, ४९.७३, ४.३४ र १७.६७ अंकले घटेका छन् । 

बजार घटेपछि कारोबार रकममा पनि गिरावट आएको छ । दिनभरिमा १५९ वटा कम्पनीको १२ लाख २९ हजार दुई सय नौ कित्ता सेयर पाँच हजार ७५ पटक खरिदविक्री हुँदा ४२ करोड ४४ लाख ४६ हजार सात सय ५६ रुपैयाँको कारोबार भएको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंकको सबैभन्दा धेरै एक करोड ९४ लाख रुपैयाँको कारोबार भएको छ । नेपाल टेलिकम, फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स, स्टान्डर्ड चार्टर्ड बैंक, राष्ट्रिय बीमा कम्पनी प्रोमोटर, एभरेष्ट बैंक, कृषि विकास बैंक, नविल बैंक र प्रभु बैंक प्रोमोटरको एक करोडमाथिको कारोबार भएको छ । प्रभु बैंकको ९३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । 

सूर्योदय लघुवित्त र रिलायन्स फाइनान्सका सेयरधनीले क्रमशः ८.०८ र ५.९७ प्रतिशतका दरले कमाएका छन् । मल्टिपर्पोज फाइनान्स, जनउत्थान सामुदायिक लघुवित्त, युनाइटेड मोदी हाइड्रोपावर, नविल ब्यालेन्स फण्ड, एनआईबिएल समृद्धि फण्ड, नविल इक्विटी फण्ड, आईसीएफसी फाइनान्स, ग्लोबल आईएमई समुन्नत स्किम लगायतका सेयरधनीले पनि कमाएका छन् । 

यता, काबेली विकास बैंकका सेयरधनीले ७.३१ प्रतिशत तथा वरियन्टल होटल्स र कालिका माइक्रोक्रेडिटका सेयरधनीले क्रमशः ५.४१ र ५.३४ प्रतिशतका दरले गुमाएका छन् । अपि पावर कम्पनी, सिद्धार्थ इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स, समिट माइक्रोफाइनान्स, मितेरी डेभलपमेन्ट बैंक, एनएमबि माइक्रोफाइनान्स, नयाँ नेपाल लघुवित्त लगायतका सेयरधनीले पनि गुमाएका छन् ।