Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
क्यापिटल मार्केट

एभरेष्ट र सेञ्चुरी बैंकसहित पाँच वित्तीय संस्थाको सेयर नेप्सेमा सूचिकृत

२०७४ कार्तिक २१ गते

बैंकिङ खबर । नेपाल स्टक एक्सचेञ्चमा मंगलबार तीन करोड ३७ लाख चार हजार पाँच सय ७३ कित्ता सेयर सूचीकृत भएको छ । पाँच कम्पनीले आफ्नो हकप्रद र बोनस सेयर नेप्सेमा सूचिकृत गराएका हुन् । एभरेष्ट बैंक, सेञ्चुरी कमर्सियल बैंक, हाम्रो विकास बैंक, मिसन डेभलपमेन्ट बैंक र रिलायबल माईक्रोफाईनान्सले कारोबार सुरु गर्नका लागि सेयर सूचिकृत गराएको नेप्सेले जनाएको छ । 

सेञ्चुरी कमर्सियल बैंकले एक करोड ७० लाख २४ हजार तीन सय ८१ कित्ता हकप्रद सेयरको सूचिकरण गराएको छ । बैंकले साउन १६ गतेदेखि असोज २ गतेसम्म ४० प्रतिशत हकप्रद सेयर निष्काशन गरेको थियो । 

एभरेष्ट बैंकले पनि असार १८ गतेदेखि साउन २२ गतेसम्म निष्काशन गरेको हकप्रद सेयर नेप्सेमा सूचिकृत गराएको छ । बैंकले एक करोड ५० लाख ८८ हजार ८७ कित्ता हकप्रद सेयर सूचिकृत गराएको हो । बैंकले चुक्तापुँजीको ३३.३३ प्रतिशत हकप्रद सेयर निष्काशन गरेको थियो । 

हाम्रो विकास बैंक र रिलायबल माइक्रोफाइनान्सले पनि हकप्रद सेयर सूचिकृत गराएका छन् । हाम्रोले आठ लाख ८० हजार सात सय ७० दशमलव ७६ कित्ता र रिलायबलले दुई लाख ८२ हजार पाँच सय कित्ता हकप्रद सेयर सूचिकृत गराएको नेप्सेले जनाएको छ । हाम्रो विकास बैंकले जेठ ७ गतेदेखि असार ११ गतेसम्म दुई सय प्रतिशत हकप्रद सेयर जारी गरेको थियो भने रिलायबलले असार २५ गतेदेखि साउन २९ गतेसम्म हकप्रद सेयर जारी गरेको थियो ।

यसबाहेक, मंगलबार मिसन डेभलपमेन्ट बैंकले बोनस सेयर सूचिकृत गराएको छ । बैंकले अघिल्लो आर्थिक वर्ष २०७२।७३ को मुनाफाबाट वितरण गरेको चार लाख २८ हजार आठ सय ३५ कित्ता बोनस सेयर सूचिकृत गराएको हो । बैंकले चुक्तापुँजीको आठ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।