Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
क्यापिटल मार्केट

राप्ती हाइड्रोको साढे १२ लाख कित्ता आईपिओ आउने

२०७४ कार्तिक २१ गते

बैंकिङ खबर । राप्ती हाइड्रो लिमिटेडले १२ करोड ५० लाख रुपैयाँ बराबरको साधारण सेयर निष्काशन गर्ने भएको छ । मंसिर ३ गते राजधानीमा हुन लागेको कम्पनीको साधारणसभामा सेयर जारी गर्नेसम्बन्धी प्रस्ताव पारित हुने भएको हो । 

कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा १२ लाख ५० हजार कित्ता आईपिओ निष्काशन गर्नेछ ।कम्पनीले आयोजना प्रभावित रुकुमका स्थानीयलाई १० प्रतिशत र सर्वसाधारणका लागि १५ प्रतिशत सेयर छुट्याएको छ । साधारणसभाले पारित गरेपछि आईपीओ निष्कासनका लागि प्रक्रिया सुरु हुने कम्पनीले जनाएको छ । 

यसअघि निष्कासन गरेको अग्राधिकार सेयरलाई समेत आईपिओमा परिणत गर्ने कम्पनीको योजना छ ।  

कम्पनीले रुकमको सिस्ने र भुमे गाउँपालिकामा ५ मेगावाटको रुकुमगाड जलविद्युत आयोजना निर्माण गर्दै छ । आयोजना निर्माणमा कम्पनीले प्राइम कमर्शियल बैंक र सेन्चुरी कमर्शियल बैंकसंग ७० करोड ऋण लगानी सम्झौता र नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिदबिक्री सम्झौता (पीपीए) भइसकेको छ । 

राप्तीमा सीईडीबी हाइड्रो फण्ड लिमिटेडको ९५ प्रतिशत स्वामित्व छ ।