Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

सेयर बजारमा तीन अंकको गिरावट, ४९ करोडको कारोबार

२०७४ कार्तिक २० गते

बैंकिङ खबर । सोमबार सेयर बजार ३.०४ अंकले घटेर १४९३.४२ अंकमा कायम भएको छ । होटल, जलविद्युत्, फाइनान्स, उत्पादनमूलक र अन्य समूह क्रमशः ६.०७, २.३४, ९.६३, ८.६६ र ०.८७ अंकले बढेका छन् भने बैंकिङ, व्यापार, विकास बैंक, बीमा र माइक्रोफाइनान्स समूह क्रमशः २.१४, २.२८, ११.८९, ५१.९३ र ११.२२ अंकले घटेका छन् । 

कारोबार रकम आइतबारको तुलनामा घटेको छ । दिनभरिमा १६० वटा कम्पनीको ११ लाख ५७ हजार चार सय ६५ कित्ता सेयर पाँच हजार नौ सय नौ पटक खरिदविक्री हुँदा ४९ करोड ११ लाख ८० हजार चार सय ३८ रुपैयाँको कारोबार भएको छ । आइतबार ६३ करोडमाथिको कारोबार भएको छ । 

नागरिक लगानी कोषको सवा तीन करोड र स्टान्डर्ड चार्टर्ड बैंकको दुई करोडमाथिको कारोबार भएको छ । नेपाल टेलिकम, सिभिल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, कुमारी बैंक, नेपाल लाइफ इन्स्योरेन्स, कृषि विकास बैंक, नेपाल इन्स्योरेन्स, एनसीसी बैंक लगायतको एक करोडमाथिको कारोबार भएको छ । 

महुली सामुदायिक लघुवित्तका सेयरधनीले ८.१५ र एभरेष्ट बैंक(सीपी)का सेयरधनीले ५.९६ प्रतिशतका दरले कमाएका छन् । खानीखोला हाइड्रो, साल्ट ट्रेडिङ, सिन्धु विकास बैंक, एक्सेल डेभलपमेन्ट बैंक, नागरिक लगानी कोष, युनाइटेड फाइनान्स, ललितपूर फाइनान्स, सूर्या लाइफ इन्स्योरेन्स लगायतका सेयरधनीले पनि कमाएका छन् । 

यता, सिभिल लघुवित्तका सेयरधनीले ६.९५ तथा कर्णाली डेभलपमेन्ट बैंक र नयाँ नेपाल लघुवित्तका सेयरधनीले ५ प्रतिशतभन्दा बढीका दरले गुमाएका छन् । युनाइटेड मोदी हाइड्रो, भार्गव विकास बैंक, जानकी फाइनान्स, सांग्रिला डेभलपमेन्ट बैंक, अरुण फाइनान्स, छिमेक लघुवित्त, आईसीएफसी फाइनान्स लगायतका सेयरधनीले पनि गुमाएका छन् ।