Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

माउन्ट मकालु डेभलपमेन्ट बैंकको हकप्रद सेयर मंसिर ७ गतेदेखि

२०७४ कार्तिक २० गते

बैंकिङ खबर । माउण्ट मकालु डेभलपमेन्ट बैंक लिमिटेडले मंसिर ७ गतेदेखि ५० प्रतिशत अर्थात दुई बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । पुष १२ गतेसम्म निष्काशन हुने सेयरमा कात्तिक १६ गतेसम्म कायम सेयरधनीले आवेदन दिन पाउनेछन् ।  

बैंकको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनआईबिएल क्यापिटल लिमिटेड रहेको छ । एनआइबिएल क्यापिटल लाजिम्पाट, माउण्ट मकालु डेभलपमेन्ट बैंकको केन्द्रीय तथा शाखा कार्यालयहरु, नेपाल इन्भेष्टमेन्ट बैंकको शाखा कार्यालयहरु पोखरा, विराटनगर, बीरगञ्ज, नेपालगन्ज, नारायणगढ, बुटवल र धनगढीबाट हकप्रदका लागि आवेदन दिन सकिने बताइएको छ ।

माउन्ट मकालुले एक सय रुपैयाँ अंकित मूल्यमा तीन करोड ४५ लाख रुपैयाँ बराबरको तीन लाख ४५ हजार कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । हाल माउन्ट मकालु डेभलपमेन्ट बैंकको चुक्तापुँजी छ करोड ९१ लाख ६० हजार रुपैयाँ रहेको छ । ५० प्रतिशत हकप्रद सेयर निष्काशन गरेपछि बैंकको चुक्तापुँजी १० करोड ३७ लाख ४० हजार रुपैयाँ पुग्नेछ ।