बैंकिङ खबर । साताको अन्तिम दिन पनि सेयर बजार ३.७० अंकले घटेर १५२२.८१ अंकमा कायम भएको छ । व्यापार, जलविद्युत्, फाइनान्स र बीमा समूह क्रमशः ६.५९, १४.०१, ०.३३ र १०.५२ अंकले बढेका छन् । बैंकिङ, होटल, विकास बैंक, उत्पादनमूलक, अन्य र माइक्रोफाइनान्स समूह क्रमशः ३.७७, ०.९७, ६.७७, ६.०५, ७.८१ र १४.२६ अंकले घटेका छन् ।
कारोबार रकम भने बुधबारको तुलनामा बढेको छ । दिनभरिमा १५५ वटा कम्पनीको ११ लाख पाँच हजार ३५ कित्ता सेयर पाँच हजार छ सय ३४ पटक खरिदविक्री हुँदा ४५ करोड नौ लाख ५० हजार सात सय ९१ रुपैयाँको कारोबार भएको छ ।
नेपाल इन्भेष्टमेन्ट बैंक प्रोमोटरको सबैभन्दा धेरै तीन करोड ६५ लाखमाथिको सेयर कारोबार भएको छ । राष्ट्रिय बीमा कम्पनी प्रोमोटर र सांग्रिला डेभलपमेन्ट बैंक प्रोमोटरको दुई करोडमाथिको कारोबार भएको छ भने स्टान्डर्ड चार्टर्ड बैंक, नेपाल लाइफ इन्स्योरेन्स, कुबेर मर्चेन्ट बैंकिङ, नेपाल टेलिकम र नेपाल ग्रामीण विकास बैंकको एक करोडमाथिको कारोबार भएको छ । सानिमा बैंक र नविल बैंकको क्रमशः ९६ लाख र ९३ लाखको कारोबार भएको छ ।
भार्गव विकास बैंक, विशाल बजार, महिला सहयात्रा माइक्रोफाइनान्स, नेशनल लाइफ इन्स्योरेन्स, वरियन्टल होटल्स, सांग्रिला डेभलपमेन्ट बैंक प्रोमोटर, प्रुडेन्सियल इन्स्योरेन्स, कन्काई विकास बैंक, एनआईबिएल प्रगति फण्ड, लुम्बिनी विकास बैंक लगायतका सेयरधनीले कमाएका छन् ।
अघिल्लो सातादेखि नै निरन्तर कमाईरहेका मल्टिपर्पोज फाइनान्सका सेयरधनीले विहीबार ७.४३ प्रतिशतका दरले गुमाएका छन् । सहयोगी विकास बैंकका सेयरधनीले ५.२२ प्रतिशतका दरले कमाएका छन् । सिभिल लघुवित्त, तारागाउँ रिजेन्सी, कर्णाली डेभलपमेन्ट बैंक, खानीखोला हाइड्रो, डिप्रोक्स डेभलपमेन्ट बैंक्, श्री इन्भेष्टमेन्ट फाइनान्स, समिट माइक्रोफाइनान्स, नेरुडे लघुवित्त लगायतका सेयरधनीले पनि गुमाएका छन् ।



