Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

हिमाल दोलखा हाइड्रो पावरको आईपिओ आउँदै

admin २०७४ कार्तिक १६ गते
सेयर:

बैंकिङ खबर । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले ७८ लाख कित्ता साधारण सेयर निष्काशन गरेको छ । कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा ७८ करोड रुपैयाँ बराबरको साधारण सेयर निष्काशन गर्नका लागि सेयर निष्काशन तथा विक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको छ ।

कम्पनीले साढे चार मेगावाट क्षमताको माइ खोला साना जलविद्युत आयोजना र ८ मेगावाटको माइ साना क्यास्केड अजविद्युत आयोजना निर्माण गरेको छ । ७२ करोड ५३ लाख रुपैयाँको लागतमा माइखोला साना जलविद्युत निर्माण भइसकेको छ भने माइ साना क्यासकेड एक महिनाभित्र सञ्चालनमा आउने कम्पनीले जनाएको छ । यसको लागत एक अर्ब ३४ करोड ५७ लाख रुपैयाँ छ। दुबै योजनाको प्रति मेगावाट लागत १६ करोड रुपैयाँ छ ।
 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।