Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

सात अंकले घट्यो सेयर बजार, ४२ करोडको कारोबार

२०७४ कार्तिक १५ गते

बैंकिङ खबर । बुधबार सेयर बजार ७.०२ अंकले घटेर १५२६.५१ अंकमा कायम भएको छ । उत्पादनमूलक र अन्य समूह २३.४८ र ०.५८ अंकले बढेका छन् भने बैंकिङ, होटल, विकास बैंक, जलविद्युत्, फाइनान्स, बीमा र माइक्रोफाइनान्स समूह क्रमशः ६.४७, ९.६१, १३.४१, ६.८६, ३.८८, ४९.७ र १२.९३ अंकले घटेका छन् । 

दिनभरिमा १४२ वटा कम्पनीको १० लाख ३१ हजार आठ सय ३२ कित्ता सेयर पाँच हजार चार सय ५६ पटक खरिदविक्री हुँदा ४२ करोड २६ लाख ४४ हजार दुई सय ४४ रुपैयाँको कारोबार भएको छ । जसमध्ये, राष्ट्रिय बीमा कम्पनी प्रोमोटरको तीन करोडमाथिको कारोबार भएको छ । जनता बैंक, एनबि बैंक, राष्ट्रिय बीमा कम्पनी, मुक्तिनाथ विकास बैंक प्रोमोटर स्टान्डर्ड चार्टर्ड बैंक र प्रभु बैंकको एक करोडमाथिको कारोबार भएको छ ।  नेपाल टेलिकम, हिमालयन बैंक र शिखर इन्स्योरेन्सको क्रमशः ९८ लाख, ९१ लाख र ८६ लाख रुपैयाँको कारोबार भएको छ । 

बुधबार पनि मल्टिपर्पोज फाइनान्सका सेयरधनीले सबैभन्दा धेरै ९.८० प्रतिशतका दरले कमाएका छन् । जलविद्युत् लगानी कोषका सेयरधनीले ५.३८ प्रतिशतका दरले कमाएका छन् । सूर्यादय लघुवित्त, कुबेर मर्चेन्ट बैंकिङ, राष्ट्रिय बीमा कम्पनी प्रोमोटर, हिमालयन बैंक, गुराँस लाइफ इन्स्योरेन्स, मितेरी डेभलपमेन्ट बैंक, खानीखोला हाइड्रो, राष्ट्रिय बीमा कम्पनी लगायतका सेयरधनीले पनि कमाएका छन् । 

यता, भार्गव विकास बैंकका सेयरधनीले ७.२९ प्रतिशतका दरले गुमाएका छन् भने सहयोगी विकास बैंक र कन्काई विकास बैंकका सेयरधनीले क्रमशः ६.४२ र ४.६६ प्रतिशतका दरले गुमाएका छन् । काबेली विकास बैंक, जानकी फाइनान्स, ङादी ग्रुप पावर, अरुण फाइनान्स, प्रुडेन्सियल इन्स्योरेन्स, गोर्खाज फाइनान्स, सिद्धार्थ इन्स्योरेन्स लगायतका सेयरधनीले पनि गुमाएका छन् ।