Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

२५ प्रतिशत बोनस सेयर जारी गर्दै हिमालयन बैंक, चुक्तापुँजी आठ अर्ब नाघ्ने

२०७४ कार्तिक १५ गते

बैंकिङ खबर । हिमालयन बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर दिने भएको छ । बैंकको मंगलबार साँझ बसेको संचालक समितिको ३४९औँ बैठकले गत आर्थिक वर्षको कमाईबाट २५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव अघि सारेको हो । बोनस सेयरको साथमा बैंकले कर प्रयोजनका लागि १.३१५८ प्रतिशत नगद लाभांश पनि दिने निर्णय गरेको छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् । हाल हिमालयन बैंकको चुक्तापुँजी छ अर्ब ४९ करोड १६ लाख रुपैयाँ रहेको छ । २५ प्रतिशत बोनस सेयर वितरण गरेपछि बैंकको चुक्तापुँजी आठ अर्ब ११ करोड ४५ लाख रुपैयाँ पुग्नेछ ।