नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बुधबारदेखि एक नयाँ उपसूचक थपिएको छ । यसअघि विकास बैंक समुह अन्तर्गत रहेका नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको लघुवित्त कारोबार गर्ने इजाजत प्राप्त गरेका कम्पनीहरु अब छुट्टै उपसूचक दिइएको हो । नेप्से महाप्रबन्धकमा चन्द्रसिहं साउद नियुक्त भए लगत्तै असोज २९ गते छुट्टै उपसूचक बनाउने निर्णय गरेका थिए । हाल कम्पनीको प्रकृति अनुसार ३३ वटा उपसूचकमा ती कम्पनीहरुको कारोबार मापन भइरहेको छ ।



