Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

नियम परिपालना प्रतिवेदन पेश गर्न धितोपत्र बोर्डको निर्देशन

२०७४ कार्तिक १४ गते

बैंकिङ खबर । नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेञ्ज, सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड, धितोपत्र दलाल व्यवसायी तथा मर्चेन्ट बैंकरहरुलाई अर्धवार्षिक रुपमा लेखापरीक्षकवाट प्रमाणित नियम परिपालना प्रतिवेदन बोर्डमा पेश गर्न निर्देशन दिएको छ । बोर्डले मंगलबार प्रेस विज्ञप्ती जारी गर्दै यस्तो निर्देशन दिएको हो ।

उक्त संस्थाहरुको संस्थागत सुशासन थप प्रभावकारी बनाउने उद्देश्यले नियम परिपालनाको अवस्थालाई थप सुदृढ बनाउन योे व्यवस्था गरिएको बोर्डले जनाएको छ । यस व्यवस्थावाट धितोपत्र बजार, धितोपत्र दलाल व्यवसायी तथा मर्चेन्ट बैकरको नियम परिपालनाको अवस्थामा सुधार भई उक्त संस्थाहरुको सेवा प्रवाह व्यवस्थित, अनुशासित एवं पारदर्शी हुनु गई समग्र धितोपत्र बजार थप सुदृढ हुने अपेक्षा बोर्डले गरेको छ ।