Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

१५३३.५३ अंकमा झर्यो सेयर बजार, मल्टिपर्पोज फाइनान्सका सेयरधनीले धेरै कमाए

२०७४ कार्तिक १४ गते

बैंकिङ खबर । मंगलबार सेयर बजार ३.१९ अंकले घटेर १५३३.५३ अंकमा कायम भएको छ । बैंकिङ, होटल, विकास बैंक र जलविद्युत् समूह क्रमशः ५.१५, १६.९७, ७.७५ र ५.१८ अंकले घटेका छन् । फाइनान्स, बीमा, उत्पादनमूलक र अन्य समूह क्रमशः ०.५५, ४.०५, ३.४७ र ५.७८ अंकले बढेका छन् । 

कारोबार रकममा पनि सोमबारको तुलनामा गिरावट आएको छ । दिनभरिमा १६० वटा कम्पनीको १२ लाख ४८ हजार तीन सक्ष् ७५ कित्ता सेयर तीन हजार सात सय ९० पटक खरिदविक्री हुँदा ४१ करोड ८१ लाख ४० हजार दुई सय ५२ रुपैयाँको कारोबार भएको छ । सोमबार ४४ करोडको कारोबार भएको थियो । 

कुल कारोबारमध्ये, राष्ट्रिय बीमा कम्पनी प्रोमोटरको दुई करोड ३४ लाखको कारोबार भएको छ । नेपाल इन्स्योरेन्स, शिखर इन्स्योरेन्स, ज्योति विकास बैंक प्रोमोटर, नेपाल टेलिकम, मुक्तिनाथ विकास बैंक प्रोमोटर, नेपाल लाइफ इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, स्टान्डर्ड चार्टर्ड बैंक, सिद्धार्थ इन्स्योरेन्स लगायतको एक करोडमाथिको सेयर कारोबार भएको छ । 

मंगलबार पनि मल्टिपर्पोज फाइनान्सका सेयरधनीले सबैभन्दा धेरै ९.८७ प्रतिशतका दरले कमाएका छन्  गोर्खाज फाइनान्स, आरएसडीसी लघुवित्त, राष्ट्रिय बीमा कम्पनी प्रोमोटर, राष्ट्रिय बीमा कम्पनी, ङादी ग्रुप पावर, नेशनल माइक्रोफाइनानस, प्राइम बैंक, जलविद्युत् लगानी कोष, लक्ष्मी इक्विटी फण्ड लगायतका सेयरधनीले पनि कमाएका छन् । 

यता, किसान माइक्रोफाइनान्सका सेयरधनीले सबैभन्दा धेरै ५.६ प्रतिशतले गुमाएका छन् । गुराँस लाइफ इन्स्योरेन्स, महिला सहयात्रा माइक्रोफाइनान्स, खानीखोला हाइड्रो, ग्रीन डेभलपमेन्ट बैंक, सप्तकोसी डेभलपमेन्ट बैंक, भार्गव विकास बैंक, लक्ष्मी लघुवित्त, नविल इक्विटी फण्ड, गुहेश्वरी फाइनान्स लगायतका सेयरधनीले पनि गुमाएका छन् ।