Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

तीन कम्पनीको सेयर नेप्सेमा सूचिकृत

२०७४ कार्तिक १४ गते

बैंकिङ खबर । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा मंगलबार गोर्खाज फाईनान्स, नेपाल ग्रामीण विकास बैंक र गुराँस लाइफ इन्स्योरेन्सले सेयर सूचीकृत गराएका छन् । गोर्खाज फाईनान्सले ५० प्रतिशत हकप्रद, नेपाल ग्रामिण विकास बैंकले यसअघि निष्काशन गरेको एफपीओ र गुराँस लाइफ इन्स्योरेन्सले यसअघि वितरण गरेको आठ प्रतिशत बोनस सेयर कारोबारका लागि नेप्सेमा सूचीकरण गराएका हुन् ।

नेप्सेका अनुसार, गोर्खाज फाइनान्सको २८ लाख ९३ हजार तीन सय १३ कित्ता हकप्रद सेयर सूचिकृत भएको छ भने नेपाल ग्रामीण विकास बैंकको नौ लाख ७५ हजार कित्ता एफपिओ सूचिकृत भएको छ । त्यस्तै, गुराँस लाइफ इन्स्योरेन्सको चार लाख ४० हजार कित्ता बोनस सेयर पनि नेप्सेमा सूचिकृत भएको छ ।