Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

साढे तीन अंकले परिसूचक घट्दा कारोबारमा पनि गिरावट

२०७४ कार्तिक १३ गते

सोमबार सेयर बजार ३.५१ अंकले घटेर १५३६.७२ अंकमा कायम भएको छ । जलविद्युत् समूह ७.६१ अंकले बढ्दा बैंकिङ, व्यापार, होटल, विकास बैंक, फाइनान्स, बीमा, उत्पादनमूलक र अन्य समूह क्रमशः १.३६, ५.९१, २.१२, १२.८३, २.३२, ३१.७८, ९ र २.८९ अंकले घटेका छन् । 

कारोबार रकम पनि आइतबारको तुलनामा ओरालो लागेको छ । दिनभरिमा १५६ वटा कम्पनीको १४ लाख ९४ हजार एक सय ८३ कित्ता सेयर चार हजार एक सय ६६ पटक खरिदविक्री हुँदा ४४ करोड ८३ लाख ३१ हजार तीन सय ७९ रुपैयाँको कारोबार भएको छ । आइतबार १५८ वटा कम्पनीको १३ लाख ८१ हजार दुई सय ४८ कित्ता सेयर चार हजार एक सय ३३४ पटक खरिदविक्री हुँदा ५० करोड १४ लाख २६ हजार एक सय २१ रुपैयाँको कारोबार भएको थियो । 

ज्योति विकास बैंक प्रोमोटरको सबैभन्दा धेरै दुई करोड ४८ लाखमाथिको कारोबार भएको छ । बुटवल पावर कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स, स्टान्डर्ड चार्टर्ड बैंक, निर्धन उत्थान बैंक, नेपाल टेलिकम, फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स, जनता बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक प्रोमोटर, सिद्धार्थ इन्स्योरेन्स लगायतको एक करोडमाथिको कारोबार भएको छ । 

मल्टिपर्पोज फाइनान्सका सेयरधनीले ९.८५ प्रतिशतका दरले कमाएका छन् । नविल इक्विटी फण्ड, यवरियन्टल होटल्स, एनसीसी बैंक, मञ्जुश्री फाइनान्स, गुहेश्वरी फाइनान्स, राष्ट्रिय बीमा कम्पनी प्रोमोटर, सिनर्जी पावर, नेपाल बैंक, कञ्चन डेभलपमेन्ट बैंक लगायतका सेयरधनीले पनि कमाएका छन् । 

यता, सिभिल लघुवित्तका सेयरधनीले ९.०९ प्रतिशतका दरले गुमाएका छन् । कर्णाली डेभलपमेन्ट बैंक, ङादी ग्रुप पावर, वोमी माइक्रोफाइनान्स, विशाल बजार, लक्ष्मी लघुवित्त, जनउत्थान सामुदायिक लघुवित्त, कन्काई विकास बैंक, पोखरा फाइनान्स, नेशनल माइक्रोफाइनान्स लगायतका सेयरधनीले पनि गुमाएका छन् ।