Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

ब्लु चिप सेयर के हो ? किन छ विश्वासिलो ?

२०७४ कार्तिक १३ गते

व्यवस्थापन पक्ष राम्रो भएका, संस्थागत सुशासन भएका, राम्रो आम्दानी भएका, सेयरधनीको विश्वास जितेका कम्पनीहरुको सेयरलाई ब्लु चिप सेयर भनिन्छ । यस्ता कम्पनीहरुले लगानीकर्ताहरुलाई नियमित रुपमा लाभांश दिने क्षमता राख्दछन् । त्यसैले यी कम्पनीहरु विश्वासिलो मानिन्छन् र यस्ता कम्पनीको सेयरमा लगानीकर्ताको अत्याधिक आकर्षण रहन्छ । यस्ता कम्पनीको बजार मूल्य पनि बढी हुन्छ । नविल बैङ्क, एभरेष्ट बैङ्क, नेपाल एसबीआई बैङ्क, स्टान्डर्ड चार्टर्ड बैङ्कलगायतका कम्पनीका सेयरहरुलाई लगानीकर्ताहरुले ब्लु चिप सेयरको रुपमा लिने गर्छन् ।