Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

२० प्रतिशत बोनस सेयर जारी गर्दै ‘मुक्तिनाथ विकास बैंक’, चुक्तापुँजी अढाई अर्ब नाघ्ने

२०७४ कार्तिक १२ गते

मुक्तिनाथ विकास बैंक लिमिटेडका सेयरधनीले २१.०५ प्रतिशत लाभांश पाउने भएका छन् । बैंकको बैंकको कात्तिक ८ गते बसेको संचालक समितिको १८१औँ बैठकले गत आर्थिक वर्षको कमाईबाट २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अघि सारेको हो । 

बैंकले हालै जारी गरेर हकप्रद सेयरसहित कायम हुने चुक्तापुँजीको २० प्रतिशत बोनस सेयर वितरण गर्नेछ । ४० प्रतिशत हकप्रद सेयर निष्काशन गरेर मुक्तिनाथले दुई अर्ब १५ करोड ९८ लाख दुई हजार सात सय ६४ रुपैयाँ चुक्तापुँजी पुर्याएको छ । 

बैंक संचालक समितिद्धारा प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् । बोनस सेयर जारी गरेपछि बैंकको चुक्तापुँजी झन्डै दुई अर्ब ६० करोड रुपैयाँ पुग्नेछ ।