Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

कसरी किन्ने जनता बैंकको सेयर ?

२०७४ कार्तिक ११ गते

जनता बैंक नेपाल लिमिटेडले ८५ हजार एक कित्ता साधारण सेयर लिलामीमा राख्ने भएको छ । बैंक्ले प्रचलित कानुन विपरित गुरु प्रसाद न्यौपानेले किनेको सेयर जफत गरी लिलामीमार्फत विक्री गर्न लागेको हो । सर्वसाधारणले खरिद गर्न पाउने उक्त सेयरमा यही कात्तिक १५ गतेदेखि २१ गतेसम्म आवेदन दिन पाइनेछ । 

यसका लागि बैंकले काठमाण्डौं क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । बैंकको लिलामी सेयरमा आवेदन गर्न चाहनेले काठमाण्डौं प्लाजामा रहेको काठमाडौ क्यापिटलको कार्यालयमा सम्पर्क राख्नुपर्ने हुन्छ ।