Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

साताको सेयर बजार : चार दिनमा १४.६३ अंकको गिरावट

२०७४ कार्तिक १० गते

तिहार विदापछि खुलेको सेयर बजार पहिलो दिन सामान्य बढेपनि पछिल्लो तीन दिन नै लगातार रुपमा घटेको छ । आइतबार ३.५७ अंकले बढेको बजार सोमबार, मंगलबार र बुधबार क्रमशः ३.६२, ०.६६ र १३.९२ अंकले घटेर १५५३.७२ अंकमा कायम भएको छ । अघिल्लो कारोबारको दिन सेयर बजार १५६८.३५ अंकमा थियो । यसरी हेर्दा, यो साता सेयर बजारमा १४.६३ अंकको गिरावट आएको देखिन्छ । 

साताभर राम्रो कारोबार पनि भएन । तिहार अघिसम्म औसतमा ६० करोड रुपैयाँको हाराहारीमा कारोबार भइरहेको बजारमा तिहारपछि बढीमा ४७ करोडको मात्रै कारोबार भएको छ । समग्रमा चार दिनमा पौने दुई अर्बको हाराहारीमा मात्रै कारोबार भएको छ । तिहार विदापछिको पहिलो साता भएका कारण लगानीकर्ताहरु नआईपुगेकाले कारोबार रकममा प्रभाव परेको ब्रोकरहरु बताउँछन् । आगामी सातदेखि कारोबार रकम बढ्ने अपेक्षा गरिएको छ । 

यो साता नेपाल टेलिकमको सबैभन्दा धेरै कारोबार भएको छ । बुटवल पावर कम्पनी, राष्ट्रिय बीमा कम्पनी, चिलिमे हाइड्रो लगायतको पनि राम्रो कारोबार भएको छ । बजार घटिरहँदा पनि मल्टिपर्पोज फाइनान्सका सेयरधनीले राम्रो कमाई गरेका छन् । बरुण हाइड्रो, सिन्धु विकास बैंक, जनउत्थान सामुदायिक लघुवित्त लगायतका सेयरधनीले गुमाएका छन् ।