बुधबार पनि सेयर बजारमा गिरावटको क्रम रोकिएको छैन । सोमबारदेखि निरन्तर घटिरहेको बजार बुधबार १३.९२ अंकले घटेर १५५३.७२ अंकमा कायम भएको छ । व्यापार र होटल समूह क्रमशः ११.७३ र ३१.३५ अंकले बढेका छन् भने बैंकिङ, विकास बैंक, जलविद्युत्, फाइनान्स, बीमा, उत्पादनमूलक र अन्य समूह क्रमशः ११.७, ११.९४, २८.३८, ५.२९, ३६.७३, २९.८१ र २१.११ अंकले घटेका छन् ।
दिनभरिमा १५९ वटा कम्पनीको १४ लाख ४७ हजार दुई सय ७१ कित्ता सेयर चार हजार दुई सय १८ पटक खरिदविक्री हुँदा ४७ करोड १० लाख २७ हजार सात सय ५९ रुपैयाँको कारोबार भएको छ । नेपाल टेलिकमको सवा छ करोडमाथिको कारोबार भएको छ । राष्ट्रिय बीमा कम्पनी प्रोमोटर, नेपाल लाइफ इन्स्योरेन्स, कुमारी बैंक, नेपाल बैंक, स्टान्डर्ड चार्टर्ड बैंक, नेपाल एसबीआई बैंक र ओम डेभलपमेन्ट बैंक प्रोमोटरको एक करोडमाथिको कारोबार भएको छ । सनराइज बैंक र प्रभु बैंकको ९४ लाखमाथिको कारोबार भएको छ ।
मल्टिपर्पोज फाइनान्स, बिशाल बजार र ओरियन्टल होटल्सका सेयरधनीले क्रमशः ९.४७, ६.७४ र ५.३३ प्रतिशतका दरले कमाएका छन् । सिद्धार्थ इक्विटी वरियन्टेड स्किम, एनआईबिएल समृद्धि फण्ड, रुरल माइक्रोफाइनान्स, रिडी हाइड्रो, सहयोगी विकास बैंक, मिर्मिरे माइक्रोफाइनान्स, एनएमबि हाइब्रिड फाण्ड लगायतका सेयरधनीले पनि कमाएका छन् ।
बरुण हाइड्रो र नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकका सेयरधनीले क्रमशः ६.०३ र ५.०५ प्रतिशतले गुमाएका छन् । जेविल्स फाइनान्स, गुहेश्वरी फाइनान्स, सिद्धार्थ बैंक प्रोमोटर, गरिमा विकास बैंक, गोर्खाज फाइनान्स, सानिमा माई हाइड्रो, नेशनल हाइड्रो, श्री इन्भेष्टमेन्ट फाइनान्स लगायतका सेयरधनीले पनि गुमाएका छन् ।


