Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

भार्गव विकास बैंकको सेयर छ ? कात्तिक २४ गतेदेखि आउँदैछ हकप्रद

२०७४ कार्तिक ८ गते

बैंकिङ खबर । भार्गव विकास बैंक लिमिटेडले यही कात्तिक २४ गतेदेखि ८० प्रतिशत अर्थात १० बराबर आठको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा २१ करोड १२ लाख रुपैयाँ बराबरको २१ लाख १२ हजार कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो । बैंकको हकप्रदमा मंसिर २८ गतेसम्म आवेदन दिन पाइनेछ ।  

बैंकले सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटललाई नियुक्त गरेको छ । बैंकको हकप्रदमा बिक्री प्रबन्धक एनएमबि क्यापिटल, भार्गव विकास बैंकको सुर्खेतरोड नेपालगञ्ज तथा शाखा कार्यालयहरु नारायाणपुर, तुल्सीपुर, घोराही, हापुरे दाङ, बाँसगढी, मंगरागाडी, भुरीगाउँ बर्दिया, कोहलपुर बाँकेबाट आवेदन दिन सकिनेछ । त्यस्तै एनएमबि बैंक लिमिटेडको उपत्यकाभित्रका शाखा कार्यालय चाबहिल, कलंकी, काठमाडौं, कुमारीपाटी, ललितपुर, सूर्य्विनायक, भक्तपुर साथै उपत्यका बाहिर तीनदोबाटो बनेपा, मिलनचोक बुटवल, महेन्द्रपथ धरान, रंगेलीरोड विराटनगर, सुर्खेतरोड नेपालगञ्ज, बसपार्करोड धनगढी, न्यूरोड पोखरा, आदर्शनगर विरगञ्ज, भानुचोक जनकपुर, नारायाणगढ चितवन र बिर्तामोड झापाबाट आवेदन दिन सकिने बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जानकारी दिएको छ ।

हकप्रद निष्काशनपछि भार्गव विकास बैंकको चुक्तापुँजी ४७ करोड रुपैयाँ नाघ्नेछ ।