Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
क्यापिटल मार्केट

राधी विद्युत् कम्पनीको आईपिओ आउँदै, धितोपत्र बोर्डले दियो अनुमति

२०७४ कार्तिक ८ गते

बैंकिङ खबर । राधी विद्युत कम्पनी लिमिटेडले सर्वसाधारण लगानीकर्ताका लागि सेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डको अनुमति पाएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा सात करोड ६४ लाख ५५ हजार रुपैयाँ बराबरको सात लाख ६४ हजार पाँच सय ५० कित्ता साधारण सेयर निष्काशन गर्ने अनुमति पाएको छ । 

कुल १० करोड २५ लाख रुपैयाँ बराबरको १० लाख २५ हजार कित्ता सेयर छुट्याइएकोमा कम्पनीले आयोजना प्रभावित लमजुङबासीका लागि चार करोड १० लाख रुपैयाँ बराबरको चार लाख १० हजार कित्ता सेयर जारी गरिसकेको छ । उक्त सेयरमध्ये विक्री हुन नसकेको एक लाख ४९ हजार पाँच सय ५० कित्ता सेयर समेत गरी कम्पनीले सर्वसाधारणका लागि सेयर जारी गर्न लागेको हो । कम्पनीको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड रहेको छ ।

राधी विद्युत कम्पनी लिमिटेडको अधिकृत पूँजी एक अर्ब ५० करोड र जारी पूँजी ४१ करोड रुपैँया रहेको छ । कम्पनीले जारी पूँजीमध्ये ३० करोड पचहत्तर लाख संस्थापकहरुबाट संकलन गरिसेकेको छ । साधारण सेयर निष्कासन गरेपछि कम्पनीको चुक्तापूँजी ४१ करोड रुपैयाँ पुग्ने जनाएको छ ।