Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

सामान्य अंकले घट्यो सेयर बजार, कारोबार रकममा वृद्धि

२०७४ कार्तिक ७ गते

मंगलबार पनि सेयर बजार ०.६६ अंकले घटेर १५६७.६४ अंकमा कायम भएको छ । बैंकिङ, व्यापार, होटल, विकास बैंक, जलविद्युत् र फाइनान्स समूहहरु क्रमशः ९.२, ३.२९, १४.५७, ११.६४, १९.३ र १.७८ अंकले घटेका छन् भने बीमा, उत्पादनमूलक र अन्य समूह क्रमशः २१.९, ८.९३ र ४१.९३ अंकले बढेका छन् ।  

दिनभरिमा १५९ वटा कम्पनीको १४ लाख ३३ हजार आठ सय ४८ कित्ता सेयर चार हजार एक सय ३५ पटक खरिदविक्री हुँदा ४६ करोड ९९ लाख ५० हजार पाच सय ९४ रुपैयाँको कारोबार भएको छ । नेपाल टेलिकमको नौ करोडमाथिको कारोबार भएको छ भने बुटवल पावर कम्पनी र ग्लोबल आईएमई बैंकको दुई करोड ६० लाखमाथिको कारोबार भएको छ । राष्ट्रिय बीमा कम्पनी प्रोमोटर, स्टान्डर्ड चार्टर्ड बैंक, प्राइम कमर्सियल बैंक, नेको इन्स्योरेन्स र जनता बैंकको एक करोडमाथिको कारोबार भएको छ । जनता बैंक प्रोमोटर र सनराइज बैंकको क्रमशः ९० लाख र ८९ लाखको कारोबार भएको छ । 

मल्टिपर्पोज फाइनान्स र प्रोग्रेसिभ फाइनान्सका सेयरधनीले क्रमशः ९.७४ र ६.११ प्रतिशतका दरले कमाउँदा युनाइटेड फाइनान्स, खानीखोला हाइड्रो, नेपाल टेलिकम, बरुण हाइड्रो र छ्याङ्दी हाइड्रोका सेयरधनीले पाँच प्रतिशतभन्दा बढीले कमाएका छन् । राष्ट्रिय बीमा कम्पनी प्रोमोटर, राष्ट्रिय बीमा कम्पनी, मिसन डेभलपमेन्ट बैंक लगायतका सेयरधनीले पनि कमाएका छन् । 

छिमेक लघुवित्त, काबेली विकास बैंक, जानकी फाइनान्स, सप्तकोसी डेभलपमेन्ट बैंक, चिलिमे हाइड्रो, सूर्या लाइफ इन्स्योरेन्स, एनएमबि माइक्रोफाइनान्स, हिमालयन बैंक, भार्गव विकास बैंक, सिन्धु विकास बैंक लगायतका सेयरधनीले गुमाएका छन् ।