प्रोग्रेसिभ फाइनान्स लिमिटेडले २८१ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । गत जेठ २ गते सम्पन्न विशेष साधारणसभाबाट पारित भएबमोजिम फाइनान्सले एक बराबर दुई दशमलव ८१को अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेको हो । हकप्रद निष्काशनको अनुमति माग गर्दै कम्पनीले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।
फाइनान्सले एक सय रुपैयाँ दरले ५९ करोड एक लाख रुपैयाँ बराबरको ५९ लाख एक हजार कित्ता सेयर बिक्री गर्नेछ । हाल कम्पनीको चुक्तापुँजी २१ करोड रुपैयाँ रहेको छ । उक्त अनुपातमा हकप्रद सेयर निष्काशन गरेपछि कम्पनीको चुक्तापुँजी ८० करोड रुपैयाँ नाघ्नेछ ।
फाइनान्सले हकप्रद निष्कासन तथा बिक्री गर्न सनराइज क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।


