Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

२५ प्रतिशत साधारण सेयर जारी गर्ने तनहुँ सेती जलविद्युत् आयोजनाको तयारी

२०७४ कार्तिक ७ गते

बैंकिङ खबर । तनहुँ सेती जलविद्युत् आयोजनाले २५ प्रतिशत सेयर जारी गर्ने भएको छ । कम्पनीले स्थानीयवासीलाई १० प्रतिशत र सर्वसाधारणलाई १५ प्रतिशत सेयर दिने तयारी गरेको हो । जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग, एसियाली विकास बैंकलगायत अन्तराष्ट्रिय दातृ निकायको लगानीमा निर्माण हुन लागेको तनहुँ सेती जलविद्युत् आयोजनाले १०५ मेगावाट क्षमताको अर्को जलविद्युत् आयोजना निर्माण गर्दैछ । स्थानीयबासीलाई समेत जलविद्युत् आयोजनामा लगानीमा लागि अग्रसर बनाउने उद्देश्यले सेयर जारी गर्न लागिएको कम्पनीले जनाएको छ ।