सोमबार सेयर बजार ३.६२ अंकले घटेर १५६८.३० अंकमा कायम भएको छ । अन्य समूह १३.८८ अंकले बढेको छ भने बाँकी सबै समूह घटेका छन् । बैंकिङ, व्यापार, होटल, विकास बैंक, जलविद्युत्, फाइनान्स, बीमा र उत्पादनमूलक समूह क्रमशः २.७३, ८.२८, १३, १०.७३, ४.१६, ४.३७, ५०.१९ र ५७.०८ अंकले घटेका छन् ।
दिनभरिमा १५६ वटा कम्पनीको आठ लाख ८७ हजार छ सय ४३ कित्ता सेयर तीन हजार सात सय ८८ पटक खरिदविक्री हुँदा ४० करोड सात लाख ९७ हजार सात सय पाँच रुपैयाँको कारोबार भएको छ । नेपाल टेलिकमको तीन करोड तथा एलआईसी नेपाल र प्रभु इन्स्योरेन्सको दुई करोडमाथिको कारोबार हुँदा बुटवल पावर कम्पनी, नागबेली लघुवित्त प्रोमोटर, प्राइम कमर्सियल बैंक, नेपाल लाइफ इन्स्योरेन्स र सनराइज बैंकको एक करोडमाथिको कारोबार भएको छ । बैंक अफ काठमाण्डू र स्टान्डर्ड चार्टर्ड बैंकको क्रमशः ९९ लाख र ८५ लाखको कारोबार भएको छ ।
मल्टिपर्पोज फाइनान्सका सेयरधनीले ९.९२ प्रतिशतका दरले कमाएका छन् । जेविल्स फाइनान्स, रिलायबल माइक्रोफाइनान्स, सिनर्जी पावर, रिडी हाइड्रो, सेन्ट्रल फाइनान्स, ग्रीन डेभलपमेन्ट बैंक, मिथिला लघुवित्त, छिमेक लघुवित्त, रिलायन्स फाइनान्स लगायतका सेयरधनीले पनि कमाएका छन् ।
यता, जनउत्थान सामुदायिक लघुवित्तका सेयरधनीले ५.३१ प्रतिशतका दरले गुमाएका छन् । विशाल बजार, युनिलिभर नेपाल, प्रोग्रेसिभ फाइनान्स, वल्र्ड मर्चेन्ट बैंकिङ, डिप्रोक्स डेभलपमेन्ट बैंक, कैलाश विकास बैंक, अरुण काबेली पावर, सहयोगी विकास बैंक, छ्याङ्दी हाइड्रो लगायतका सेयरधनीले पनि गुमाएका छन् ।

