माछापुच्छ्रे बैंक लिमिटेडका सेयरधनीले १५ प्रतिशत लाभांश पाउने भएका छन् । बैंकले गत आर्थिक बर्षको मुनाफाबाट नौ प्रतिशत बोनस सेयर र छ प्रतिशत नगद लाभांस वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले १२ प्रतिशत हकप्रद वितरणपछि कायम चुक्ता पूँजीमा नौप्रतिशत बोनस सेयर दिन लागेको हो । अहिले बैंकको चुक्ता पूँजी सात अर्ब ३९ करोड रुपैयाँ रहेको छ । संचालक समितिले प्रस्ताव गरेको नौ प्रतिशत बोनस सेयर जारीपछि पूँजी आठ अर्ब पाँच करोड रुपैयाँ पुग्ने छ ।
